प्रधानमन्त्रीले बहिष्कार गरे मानवअधिकार आयोगको कार्यक्रम

मंगलबार, १३ जेठ २०८२

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो २५ औँ वार्षिकोत्सव कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा १५ दिनअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाएको थियो । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि दिइएको निम्तो प्रधानमन्त्री ओलीले मंगलबार अन्तिम समयमा अस्वीकार गरेका छन् ।

आयोगले १५ दिनअघि निम्तो पठाएर मंगलबार बिहान साढे ११ बजे पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरिसकेको अवस्थामा ओलीले उक्त कार्यक्रम नै बहिष्कार गरिदिए ।

कार्यक्रम सुरू हुनुअघि आयोगका पदाधिकारी र कर्मचारीहरू ओलीको स्वागतका लागि फूलमाला लिएर तम्मतयार भएको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले बालुवाटारबाट आउन नसक्ने जानकारी पठाइदियो ।

आयोगका सह-प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेका अनुसार १५ दिनअघि निम्तो पठाएर प्रधानमन्त्रीको स्वागत र सुरक्षाका लागि त्यहीअनुसार व्यवस्थापन पनि गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार