नेपाली कांग्रेसको महाधिवेशन २०८३ दसैँको सेरोफेरोमा : नेता सिटौला

आइतबार, ११ साउन २०८२

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ सालको दसैँको सेरोफेरोमा हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले अहिले महाधिवेशनको समय नभएको स्पष्ट पारे।

"महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ, अहिले हुँदैन," सिटौलाले भने, "कांग्रेसको नवौँदेखि अहिलेसम्मका महाधिवेशन पाँच वर्षको अन्तरालमा भएका छन्, अबको महाधिवेशन पनि पाँच वर्षमै हुन्छ।"

उनका अनुसार चार वर्षको नियमित कार्यकालमा एक वर्षको अवधि थप्न सकिने कानुनी व्यवस्था अनुसार वर्तमान कार्यसमितिको कार्यकाल अबको मंसिरमा पूरा हुँदैछ।

"अहिलेसम्म क्रियाशील सदस्यताको प्रक्रिया टुंगिएको छैन, त्यसका लागि असोज मसान्त समय तोकिएको छ," उनले जानकारी दिए।

सिटौलाले महाधिवेशन ८३ को मंसिरभन्दा पछि जान नहुने स्पष्ट गर्दै समयमा सम्पन्न गर्नु पार्टीको जिम्मेवारी भएको उल्लेख गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार