काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध आफैँ आयोगमै उजुरी परेको छ। नागरिक अभियन्ता युवराज पौडेल ‘सफल’ले शुक्रबार राईविरुद्ध आयोगमै लिखित उजुरी दर्ता गरेका हुन्।
पौडेलले उजुरीमार्फत राईलाई विगतमा वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद घोटाला, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता चर्चित भ्रष्टाचार प्रकरणहरूमा मुछिएको आरोप लगाउँदै गम्भीर छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया