भिजिट भिसा प्रकरणः सडकदेखि सदनसम्म पराकम्प

बुधबार, १४ जेठ २०८२

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग सडकदेखि सदनसम्म चर्को रूपमा उठेको छ । मंगलबार माइतीघरमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै नारा जुलुस हुँदैगर्दा प्रतिनिधिसभा बैठकमा समेत सोही विषयलाई लिएर नाराबाजी भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु गरेपछि विपक्षी दलहरूका सांसदले उठेर विरोध जनाए । विपक्षी दलका सांसदहरूले निरन्तर विरोध गरिरहेपछि बैठक बुधबार बस्नेगरी स्थगित भयो । यसबीचमा सभामुख घिमिरेले मिलाउने प्रयास गर्दै सदन अगाडि बढाउन खोजे पनि सहमति हुन सकेन ।

मंगलबारको बैठक सुरु भएपछि सभामुख घिमिरेले नियमित कार्यक्रमअनुसार अगाडि बढाउन र विरोध गरिरहेका सांसदलाई आफ्नो कुर्सीमा बस्न आग्रह गरिरहेका थिए । तर, सांसदहरूले उठेर विरोध गरेपछि उनले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनलाई आफ्नो धारणा राख्न समय दिए ।

सांसद पुनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग राखे । गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताए । सांसद पुनले यस साताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिभुवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन्, उनीहरूबाट ५० हजारदेखि ३ लाख रुपैयाँसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । ‘गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्रीमातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ,’ सांसद पुनले भने, ‘उहाँ (गृहमन्त्री)ले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन ।’

सांसद पुनले आफ्नो धारणा राखिसकेपछि सभामुख घिमिरेले नियमित प्रक्रियाअनुसार संसद् अगाडि बढाउन खोजे । र, विरोधमा रहेका सांसदहरूलाई आफ्नो सिटमा बस्न आग्रह गरे । तर पनि विरोध जारी नै रह्यो । त्यसपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाललाई बोल्ने समय दिएका थिए ।

रास्वपा सांसद खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गर्दै राजीनामा दिनुपर्ने बताए । सो प्रकरणमा संगठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने सांसद् खनालले बताए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौंको अवैध असुलीको ¥याकेट चलिरहेको छ, गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदो रहेछ तर किन उहाँलाई अध्यागमनमा पठाइयो ? गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ, यस घटनाको छानबिनका लागि एक उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ, त्यो नहुँदासम्म संसद् चल्न सक्दैन,’ सांसद खनालले भने ।

त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लेखकलाई बोल्ने समय दिन खोजेका थिए । तर, विपक्षी दलका सांसदहरूले निरन्तर सदन अवरुद्ध गरिराखेपछि सभामुखले उनलाई समय दिएनन् । पछि उनले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने समय दिएका थिए । तर, घिमिरेले बोल्दैगर्दा विपक्षी दलका सांसदहरूले उठेर ‘गृहमन्त्री राजीनामा दे, भ्रष्टाचारीलाई कारबाही गर’जस्ता नारा लगाउँदै विरोध गरेपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए ।

त्यसपछि बैठक मंगलबार साढे २ बजेका लागि बोलाउने सूचना जारी भयो । तर, सहमति जुट्न नसक्दा बैठक बुधबार (आज) ११ बजे बस्नेगरी स्थगित भयो । यसबीचमा सभामुख घिमिरेले उपसभामुख इन्दिरा राना, सत्तारूढसहित विपक्षी दलहरूका प्रमुख सचेतक, सचेतकहरूसँग बैठक बसेर सदन सुचारु गर्ने ’boutमा सहमति गर्ने प्रयास गरेका थिए । तर, दलहरू आ–आफ्नै अडानमा अडिग भएपछि सहमति जुट्न सकेन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सदनमा गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप’boutमा जवाफ दिन पाउनुपर्ने अडान राखेका छन् । तर, विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अडान लिएपछि सहमति जुट्न सकेन ।

माओवादी केन्द्रका सांसद राजन दाहालले भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गर्दै अब गृहमन्त्री लेखकले जवाफ नभई राजीनामा दिनुपर्ने बताए । ‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो, अब बयान दिने हो, जवाफ दिने होइन,’ सांसद दाहालले भने, ‘अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन । उनले गृहमन्त्रीको राजीनामा आफूहरूको प्रस्ट माग रहेको बताए । त्यसभन्दा दायाँबायाँ नहुने भन्दै उनले गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि नबढ्ने स्पष्ट पारे ।

माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आम जनता पार्टी (आजपा)सहितका दलहरूका सांसदले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेका थिए ।

विपक्षी दलमै छैन ‘तालमेल’

मंगलबार प्रतिनिधिसभा बैठक बस्नुअघि सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसेको थियो । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा सदनमा एकजुट भई तालमेल गर्दै अगाडि बढ्ने सहमतिसहित उठाउने विषयका एजेन्डा’bout छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै एमाले नेता कार्यकर्तालाई दिएको निर्देशन ‘१५ जेठमा काठमाडौं बिहान ११ बजेदेखि २ बजेसम्म नियन्त्रणमा लिनुपर्छ’ भन्ने ’मा छलफल भयो । छलफलमा प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधानविपरीत रहेको, शान्ति सुव्यवस्था खलबलाउने, सद्भाव भड्काउने र देशलाई मुठभेडतर्फ धकेल्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएकाले फिर्ता लिई जवाफ माग्ने सहमति भएको थियो ।

अर्को विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्ने माग सदनमा उठाउने र माग पूरा नभए सदन अगाडि बढ्न नदिने रहेको थियो । यही सहमति गरी एकजुट भएर सदनमा प्रस्तुत हुने विपक्षी दलहरूले बैठकबाट सम्पन्न गरेका थिए ।

तर, संसद् बैठक सुरुपछि माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले कुरा राख्दैगर्दा गृहमन्त्रीको राजीनामाको विषय मात्रै राखे । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको ’boutमा मौन बसे । त्यसपछि रास्वपा सांसद शिशिर खनालले समेत कुरा राख्नुपर्ने अवस्था आयो । उनले पूर्वसहमतिअनुसार आफ्नो कुरा राखे ।

संसद्मा माओवादी सांसदले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीप्रति नरम र कांग्रेसप्रति कडा व्यवहार देखाएको टिप्पणी विपक्षी सांसदहरूकै बीचमा चल्न थाल्यो । त्यही भएर विरोधमा विपक्षी दलका सांसदहरू उठिरहेका बेला कतिपय सांसदहरू आफ्नो सिटमा बसिरहेका देखिन्थ्यो । सांसदहरू प्रभु साह, प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसानसहितका सांसदहरू आफ्नो सिटमा बसिराखेका थिए ।

संसद् बैठक सकेर बाहिरिने क्रममा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजपा अध्यक्षसमेत रहेका सांसद साहलाई भने, ‘तपाईं त उठ्नु भएन नि ?’ लगतै साहले जवाफ दिए, ‘तपाईंहरूले त प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिकै ’boutमा बोल्नुभएन, के उठ्नु नउठ्नु †’

त्यहीबेला पुगेका थिए, माओवादी केन्द्रका उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेत । उनले भने, ‘कांग्रेसको आन्तरिक झमेलामा हामीले बोल्नु त्यति राम्रो होइन, गृहमन्त्रीलाई त केपी कमरेडले नै हो फसाएको, यो कुरा कांग्रेसले बुझ्नुपर्छ, त्यसका लागि हामी बीचमा आउनु ठीक होइन ।’

संसद्मा विपक्षी दलका सांसदहरूले उठेर विरोध गर्दैगर्दा अर्को रोचक प्रसंगसमेत देखियो । विपक्षी दलका सांसदहरूले उठेर विरोध गर्दैगर्दा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठेर विरोधमा सहभागी हुन आग्रह गरे ।

सांसद मोदीले सांसदद्वय आले र श्रेष्ठलाई भने, ‘उठ्नु माननीयज्यू, तपाईंको नेता (राजेन्द्र पाण्डेलाई देखाउँदै) उठ्नुभएको छ, तपाईंहरू पनि उठ्नु ।’ एकीकृत समाजवादीका सांसद आलेले मोदीलाई झपार्दै जवाफ फर्काए, ‘त्यसले (राजेन्द्र पाण्डेतर्फ इसारा गर्दै) भनेर उठ्छु म ।’

आले र श्रेष्ठ एकीकृत समाजवादीको गतिविधिमा त्यति रुचि राख्दैनन् । पार्टी केन्द्रीय कार्यालयसमेत नजाने यी दुई नेता पार्टीको ह्वीपबाहेक सबै विषय अस्वीकार गर्दै आफ्नो विवेकअनुसार अगाडि बढदै छन् । उनीहरूले संसदीय दलको कार्यालयमा समेत नजाने र पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनसमेत अस्वीकार गर्दै आएका छन् ।

यस्तै, संसद्मा अर्को रोचक विषयसमेत देख्न पाइयो । सधैं वर्षमान पुनसँगै अगाडिको रोमा बस्दै आएका अर्का उपमहासचिव एवं सांसद जनार्दन शर्मा भने मंगलबारको बैठकमा पछाडितर्फ बसेका थिए । गृहमन्त्रीको राजीनामा माग गर्दै सांसदहरू उठेर विरोध गर्दैगर्दा मौनजस्तै रहेका शर्मा पछाडि उभिएको देखेर माओवादीभित्र शर्मा गृहमन्त्रीप्रति यति मौनता किन ? भन्दै चर्चा गरिरहेका थिए ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार