बुटवलमा आमासहित २ बच्चाको विभत्स हत्या, पूर्व श्रीमान् पक्राउ

बुधबार, १४ जेठ २०८२
तस्बिर : ग्लोबल आवाज

बुटवल : बुटवल, उपमहानगरपालिका–११ को होराइजनचोक नजिक एक महिलासहित दुई बालिकाको बीभत्स हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र रानाका अनुसार घटना आज बिहान करिब ४ बजेतिर मिलीजुली पथमा भएको हो।

हत्या भएकामा ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरी—७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल छन्। उनीहरूलाई घरेलु हतियार हथौडा र चक्कु प्रयोग गरी निर्ममतापूर्वक हत्या गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त कोइराला विगतमा आफ्नै दाजुको हत्या आरोपमा जेल बसेर संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेको पृष्ठभूमि पनि सार्वजनिक भएको छ।

प्रहरीका अनुसार केही वर्षअघि सम्बन्ध विच्छेद भइसकेकी दीपालाई उनले आफ्नै घरमा बोलाई उक्त हत्या गरेका हुन्। उनीहरूको सम्बन्ध विच्छेद करिब ८–१० वर्षअघि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हाल घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान अघि बढाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार