तरूण दलको लमजुङ अधिवेशनमा खुकुरी हान्ने पक्राउ

बुधबार, १४ जेठ २०८२

काठमाडौँ : नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार घटनामा संलग्न भएका जनालाई प्रहरीले पक्राउ गरेको छ । 

घटनास्थल लमजुङको बेसीसहर बजारमा भएको झडपमा मध्य नेपाल नगरपालिका–६ का ४२ वर्षीय किरण गुरुङले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। लमजुङ जिल्ला अदालतबाट गुरुङविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

झडपमा नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोर जङ्ग बस्नेत, नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य शङ्कर सापकोटा घाइते भएका थिए । घाइते सबैजना संस्थापन इतर समूहका हुन्।

विवादको मूल कारण अधिवेशनमा प्रतिनिधि छनोट तथा पूर्णकालीन सदस्य हटाउने विषयमा मतभेद देखिएको बताइएको छ। तरुण दलको जिल्ला अध्यक्षको आकाङ्क्षा राख्दै आएका खुसीजंग गुरुङसहितका नेताहरूलाई सदस्यबाट हटाइएको विरोधमा टकराज समूह र भेषबहादुर पौडेल पक्षधरले प्रदर्शन गर्दै आएका थिए।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेल लगायतको उपस्थिति थियो। अधिवेशनको सुरुवातमै देखिएको यस प्रकारको हिंसात्मक घटनाले दलको आन्तरिक विवाद झनै चर्किएको देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार