शेखर–गगनबीच ११ महिनापछि संवाद, क्रियाशील सदस्यताबारे छलफल

शुक्रबार, १६ जेठ २०८२
File Photo

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीका दुई प्रभावशाली नेता—डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच झन्डै ११ महिनापछि संवाद भएको छ।

शुक्रबार बिहान बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो। उनीहरूबीचको संवाद १४ औँ महाधिवेशनपछि संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धापछिकाे पहिलो औपचारिक भेट हो।

महामन्त्री थापानिकट स्रोतका अनुसार शेखर कोइरालाले क्रियाशील सदस्यता सम्बन्धी छलफलका लागि फोन गरेपछि थापा सोही कार्यालयमा पुगेका थिए। स्रोतका अनुसार भेटमा केवल सदस्यता वितरणको अवस्था, कामको प्रगति र प्रक्रिया मात्र छलफल भयो। अन्य कुनै राजनीतिक वा समसामयिक विषयमा कुरा नभएको दाबी गरिएको छ।

यद्यपि, इतर समूहभित्र भने यस भेटलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। समूहका नेताहरूले दुई नेताबीचको दूरीले समूह कमजोर बनाउने भन्दै संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार