सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लामा भारी वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

शनिबार, १७ जेठ २०८२

सुनसरी : यस वर्षको मनसुन कोशी प्रदेशबाट भित्रिए सँगै कोशी प्रदेशको सुनसरी,मोरङ,झापा,धनकुटा लगायतका जिल्लामा हाल भारी मात्रामा वर्षा भइरहेको छ ।

 पूर्वानुमान महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जनाएको छ। महाशाखाले आज बिहान एक सूचना प्रकाशित गर्दै ती जिल्लाहरूमा धेरै स्थानमा भारी वर्षा मापन भइसकेको र दिउँसोसम्म अझै थप वर्षा हुने सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार निरन्तर वर्षाका कारण मेची, विरिङ, निन्दा, कनकाई, चिसा खोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुन खोला लगायतका साना नदी तथा खोलाहरूमा बाढी सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ।

तसर्थ, ती क्षेत्र वरपरका बासिन्दालाई विशेष सावधानी अपनाउन, नदी किनारमा नजान, र आवश्यक परे सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको छ।

महाशाखाले दिउँसोसम्म वर्षाको सम्भावना कायमै रहेको भन्दै जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन पुनः आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार