बेलबारी । बेलबारी ५ मा रहेको एउटा घरमा लुकाएर राखिएको अबस्थामा भेटिएको रासयनिक मलको बिषयमा अध्यायन गरी यहि वैशाख ६ गते प्रतिबेदन बुझाउने गरी आर्थिक बिकास समितिलाई जिम्मेवारी दिईएको छ ।
सोमबार बेलबारी नगरालिकामा नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) सहित सरोकारवालाहरुको बैठकले सोही बिषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिईएको बेलबारी नगरपालिकाका प्रशासन प्रमुख महेन्द्र खडकाले जानकारी दिएका छन ।
समितिको संयोजकमा बेलबारी ६ का अध्यक्ष टेकबहादुर राई,सदस्यमा बेलबारी ३ का अध्यक्ष योगेन्द्र सुवेदी,बेलबारी ११ की सदस्य पार्वती गौतम सदस्य सचिबका रुपमा बेलबारी नगरपालिका पशु शाखा प्रमुख बाबुराम बस्नेत र स्थानीय बासीका तर्फबाट देबेन्द्र कार्की,राजेन्द्र खत्री र जीवन कार्की सदस्य रहेका छन । सोही बिषयमा सत्यतथ्य छानबिन गर्न र प्रतिबेदन बुझाउन जिम्मेवारी दिईएको प्रमुख खडकाले जानकारी दिए ।
सोही बिषयमा सोधपुछका लागि आईतबार बेलबारी बेलबारी ५ का २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार बेलुका बेलबारी ५ स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा ९९ बोरा रासायनिक मल फेला परेको स्थानीयले बताए पनि बेलबारी प्रहरीले भने ९१ बोरा मात्र मल फेला पारेको बताएको छ ।
प्रतिक्रिया