इटहरीका मेयर पौडेल प्रकोप जोखिम न्यूनीकरण सम्मेलनमा सहभागी हुन आज स्विजरल्याण्ड जाँदै

आइतबार, १८ जेठ २०८२
फाइल तस्बिर

इटहरी : इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल आज स्विजरल्याण्ड प्रस्थान गर्दैछन्।

उनी संयुक्त राष्ट्रसङ्घीय प्रकोप जोखिम न्यूनीकरण कार्यालय (UNDDR) अन्तर्गत स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय  'विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी मञ्च कार्यक्रम'मा सहभागी हुनेछन्।

नगरप्रमुख पौडेलसँगै इटहरी उपमहानगरपालिकाका वातावरण इन्जिनियर युगदिप लुइँटेल पनि सहभागी हुँदैछन्।

नगरप्रमुखका प्रेस सल्लाहकार धनबहादुर पुरीका अनुसार दुवै जना आज बिहान ६ बजे कतार एयरवेजमार्फत जेनेभा प्रस्थान गर्ने तालिका छ।

सम्मेलनमा मेयर पौडेलले स्थानीय तहको दृष्टिकोणबाट प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी नीति, अभ्यास र अनुभवहरू आदान–प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पछिल्ला वर्षहरूमा इटहरी उपमहानगरपालिकाले वातावरणीय सुरक्षा, विपद् व्यवस्थापन तथा पूर्व तयारीमा विशेष प्राथमिकता दिँदै आएको सन्दर्भमा उक्त सहभागिता महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार