रौतहटमा नवविवाहिता महिलाको शङ्कास्पद मृत्यु, श्रीमान् र सासू फरार

बुधबार, २१ जेठ २०८२

रौतहट : कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक २२ वर्षीया नवविवाहिता महिला अल्का यादवको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। मङ्गलवार बेलुका आफ्नै घरको सुत्ने कोठामा उनी मृत अवस्थामा भेटिएकी हुन्।

इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट गएको संयुक्त प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको छ। डिएसपी राजन कार्कीका अनुसार अल्काको शव बेडमै उत्तानो अवस्थामा भेटिएको र मृतकले उल्टी गरेको पाइएकाले मृत्यु शङ्कास्पद देखिएको हो।

प्रहरीका अनुसार मृतकका श्रीमान् अनकेश यादव र सासू शान्तिदेवी यादव फरार छन्। भने, ससुरा रामपुकार प्रसाद यादवलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

अल्काको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र घटनाबारे स्पष्ट भन्न सकिने प्रहरीको भनाइ छ।

यसअघि पनि कटहरिया–३, बडेरवाका अरमान राय भाटविरुद्ध आफ्नी पत्नीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता भएको थियो। तर, उनी हालसम्म फरार छन् ।

 

 

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार