काठमाडौं :काठमाडौं महानगरपालिका–४ को आयोजनामा ‘चेयरमैन कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारबाट सुरु भएको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको दुईदिने प्रतियोगितामा काठमाडौंका २० विद्यालयका ३१९ विद्यार्थी खेलाडीको सहभागिता रहेको छ।
हिमालयन चेस एकेडेमी (एचसीए) को व्यवस्थापनमा सञ्चालित प्रतियोगिता गल्र्स र ब्वाइज गरी कक्षा अनुसार तीन समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन्।
कक्षा १ देखि ४ समूह
गल्र्सतर्फ धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीकी सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविकी आशिका लोप्चनले दुवै खेल जित्दै २–२ अंक जोडिन्।
ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले २–२ अंक जोडे।
कक्षा ५ देखि ८ समूह
ब्वाइजतर्फ आदर्श गुरुङ, नवीन थापा मगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली र राजु राईले सुरुआती दुई चरणमा जित दर्ता गरे।
गल्र्सतर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री र काश्यपी मैनाली विजयी बने।
कक्षा ९ देखि १२ समूह
गल्र्सतर्फ मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाईं, स्मारिका लामा, समिक्षा रपाल र साङ्मेन्दु तामाङले दुवै खेल जिते।
ब्वाइजतर्फ प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी र अभिनव पाण्डेले २–२ अंक प्राप्त गरे।
स्वीस प्रणालीमा आधारित र्यापिड चेस प्रतियोगितामा वडा नं. ४ भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका साथै वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाहरूको पनि सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन र राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनसिपकी पहिलो विजेता मोनालिशा खम्बूले संयुक्त रूपमा गरे। प्रतियोगिता बिहीबार समापन हुने छ।
प्रतिक्रिया