काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ।
तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा राख्न आदेश दिएपछि शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको थियो। अब विमानमार्फत भैरहवा लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीमार्फत संगठित ठगी गरेको आरोप छ। यसअघि रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। तर उच्च अदालतले सो आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाउन निर्देशन दिएको हो।
उच्च अदालतको आदेश आएलगत्तै प्रहरीले राति नै लामिछानेलाई नियन्त्रणमा लिएर आज उनलाई रुपन्देही लैजाँदैछ। सहकारी काण्डमा लामिछानेको संलग्नताबारे थप अनुसन्धान अघि बढाउने तयारी भएको जनाइएको छ।
प्रतिक्रिया