काठमाडौं । मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये २ जनाको मात्रै शपथ हुने भएको छ । सिफारिस भएका ४ जनामध्ये बब्लु गुप्ता र सुधा शर्मा गौतमको शपथ आज हुने भएको हो । युवा तथा खेलकुद मन्त्रालयमा गुप्ता र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शर्मालाई सिफारिस गरिएको छ ।
सिफारिस भएकामध्ये गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको शपथ आज नहुने भएको हो । श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा सिफारिस भएका थिए । विवादमा तानिएपछि दुई जनाको शपथ रोकिएको हो ।
प्रतिक्रिया