इटहरी : पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सुनसरीको इटहरीमा ७६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समन्वय समिति इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा उपमहानगरपालिका क्षेत्रका २० वटै वडाबाट छनौट गरिएका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिकहरुलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रममा जोडको दिनका अवसरमा पारेर मनाइने विगत पाँच वर्ष देखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन थालिएको छ । सोही अवसर पारेर जेष्ठ नागरिक समन्वय समिति इटहरीका अध्यक्ष पुण्यप्रसाद न्यौपानेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरिएको थियो ।
जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा वडा क्षेत्रबाट जेष्ठ नागरिकहरुलाई समेटेर सम्मान गरिएको जेष्ठ नागरिक समन्वय समिति इटहरीका उपाध्यक्ष तुलाराम दंगालले जानकारी दिए ।
सम्मान कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक शाखाका नेत्र न्यौपाने , कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद न्यौपाने , प्रमुख अतिथी उपमहानगरपालिका उपप्रमुख चौधरी लगायतले सम्मानित जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर फलफूल उपलव्ध गराएका थिए ।
प्रतिक्रिया