स्वास्थ्यमन्त्रीको पहिलो निर्णय: जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

आइतबार, ०९ कार्तिक २०८२

काठमाडौं  : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालयमा आएर कार्यभार सम्हाल्दै जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने पहिलो निर्णय गरेकी छन्।

उनी स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव पनि हुन्।    

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको सरकार गठन भएको हो। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार