काठमाडौँ : आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
भागदौडमा कैयौं १० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
आरसीबीको आईपीएलको जितको उत्सव अभियान मनाउन कर्नाटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा खराब योजना र भीडको व्यवस्थापन राम्रोसंग हुन नसकेपछि भागदौड मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्टेडियमको गेट नम्बर १ बाट भागदौड शुरु भएको बताइएको छ । मंगलबार राति सम्पन्न आइपिएल फाइनल जितेपछि आरसीबीको टिम आज बैंगलुरु फर्किएको छ ।
प्रतिक्रिया