गाउँपालिका अध्यक्ष खडकाको पहलमा पाँचथरकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

शनिबार, १७ साउन २०८२

पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङगुमकी २० वर्षीया गर्भवती मुना कुरुम्वाङलाई प्रसूति जटिलताका कारण शनिवार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) भर्ना गरिएको छ।

उच्च रक्तचाप, शरीर सुनिने (प्रि-एक्लेम्प्सिया) र कम्पन हुने समस्याबाट पीडित मुनाको अवस्था गम्भीर बन्दै गएपछि स्थानीय स्वास्थ्य संस्थाले तत्काल उच्च केन्द्रमा पठाउन सिफारिस गरेको थियो।

गाउँपालिका अध्यक्ष बाबुराम खड्काले राष्ट्रपति महिला हवाई उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सिफारिसमा सेनाको हेलिकोप्टर मगाइएको जानकारी दिए।

“म काठमाडौँमै थिएँ, सोही हेलिकोप्टरबाट हाङगुम झरेर मुनालाई उद्धार गरी थापाथली ल्याइएको हो,” उनले भने।

मुनालाई अस्पतालमा भर्ना गरी चिकित्सकीय निगरानीमा राखिएको छ। यसअघि पनि तुम्बेवा गाउँपालिकाका दुर्गम क्षेत्रका महिलालाई सुत्केरी जटिलतामा सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने गरिएको थियो।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार