रेडक्रसले भन्यो, 'गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भयो'

बुधबार, २१ जेठ २०८२

काठमाडौँ : अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको टिप्पणी गरेकी छन् । जेनेभा मुख्यालयमा बीबीसीसँग कुरा गर्दैस्पोलजारिकले गाजामा मानवता पूर्ण रूपमा समाप्त भएको बताएकी हुन् ।

उनले भनिन्, 'देशहरूले यो युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न पर्याप्त कदम चालिरहेका छैनन् । प्यालेस्टिनीहरूलाई मानवीय मर्यादाबाट वञ्चित गरिएको छ र अन्तर्राष्ट्रिय मानवीय कानून खोक्रो हुँदैछ । गाजामा जे भइरहेको छ त्यो कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न सक्दैन ।'

अन्तर्राष्ट्रिय रेडक्रस समिति युद्ध क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । गाजामा यसका लगभग १३० कर्मचारीहरू छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनीहरू छन् ।

सोमबार गाजामा राहत केन्द्रमा राहत लिने समयमा भएको इजरायली गोलीबारीमा कम्तिमा २७ प्यालेस्टिनीहरू मारिएका थिए ।

लामो समयदेखि खाद्यान्न पुग्न नसक्दा अहिले गाजामा भुकमरीको अवस्था सिर्जना भएको छ ।

एभरेष्ट न्यूज एजेन्सी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार