गौरमा तीन घरमा १८ लाखको चोरी, भित्तामै प्वाल पारेर धनमाल लगे

बुधबार, २१ जेठ २०८२

रौतहट : रौतहटको गौर नगरपालिका–६ सबगढामा तीनवटा घरमा चोर समूहले भित्तामै प्वाल पारेर चोरी गरेका छन्। गएराति योजनाबद्ध तरिकाले भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।

चोरहरूले ती घरहरूको भित्तातर्फबाट प्वाल काटेर प्रवेश गरी नगद, गरगहना लगायत गरी करिब १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका हुन्। तीनै घरबाट बहुमूल्य सामग्री चोरी भएको जनाइएको छ।

प्रहरीका अनुसार घटनालाई संगठित र योजनाबद्ध रूपमा अंजाम दिइएको देखिएको छ। चोरीमा संलग्न व्यक्तिहरुको पहिचान र पक्राउका लागि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार