इटहरी । प्रहरी जवानको हत्या गरी फरार भएका अभियुक्त सुभाष लिम्बूलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ।
लिम्बूले २०६९ साल असोज १० गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ मा खटिएको प्रहरी गस्तीमाथि आक्रमण गरी प्रहरी जवान भूपाल आचार्यको हत्या गरेका थिए भने चन्द्र देवान गम्भीर घाइते भएका थिए। खुकुरी, चुप्पी र तरबार प्रयोग गरी आक्रमण गरिएको उक्त घटनामा प्रहरीको ३०३ राइफलसमेत लुटिएको थियो।
उक्त घटनामा संलग्न रहेका लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले २०७१ साल असोज ३१ गते जन्मकैदको सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका लिम्बूलाई प्रहरीले २०८२ साउन १६ गते ताप्लेजुङको फुङलिङ बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई अदालतको फैसलाअनुसार कैद सजाय कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ प्रहरीले जनाएको छ।
प्रतिक्रिया