नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साम्बा सम्मानित

शनिबार, १७ साउन २०८२

बागमती :  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित भएका छन् ।

सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटौँडा  आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई रु ५० हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा हेडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रधानाध्यापक पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सञ्चारिका समूह मकवानपुरका अध्यक्ष निशा गुरुङले संयुक्त रूपमा कप्तान साम्बालाई सम्मान गरेका हुन् । 

 कार्यक्रममा कप्तान साम्बाले खेलकुदका लागि अनुशासन, लगनशीलता र अठोट जरुरी रहेको बताए । नेपालमा फुलबल खेलाडी उत्पादनका लागि सबैको समन्वयमा अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली फुटबलको भविष्य उज्वल रहेकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताए ।

 कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले देशको खेलकुद क्षेत्रमा साम्बाको योगदान प्रेरणादायी रहेको बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार