बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने निश्चित, लामा राजीनामा दिन सहमत

शनिबार, १७ साउन २०८२

काठमाडौँ : नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको बागमती प्रदेशको मुख्यमन्त्री विवाद अन्ततः टुङ्गिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको पहलमा भएको तीन बुँदे सहमतिसँगै वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने तयारी गरेका छन्। अब इन्द्रबहादुर बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

सहमति अनुसार लामाले आइतबार नै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

देउवाले पहल गर्दै दुवै पक्षलाई सहमत गराएपछि लामो समयदेखि राजीनामा नदिने अडानमा रहेका लामा पछि हट्न बाध्य भएका हुन्। सहमतिअनुसार बानियाँको नेतृत्वमा बन्ने नयाँ मन्त्रिपरिषद्मा लामा पक्षका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ सहभागी हुनेछन्।

संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार “अबको सरकार बानियाँको नेतृत्वमा चल्नेछ र दुवै पक्षको सहभागिता रहने भएकाले पार्टीभित्रको विवाद मिलेको छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार