पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

बुधबार, २१ जेठ २०८२

काठमाडौं : सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध दर्ता भएको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गर्दै अनुसन्धान गर्न निर्देशन दिएको हो।

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालसहितको इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशसँगै सापकोटाविरुद्ध लामो समयदेखि न्याय खोज्दै आएका पीडित पक्षका लागि न्याय प्राप्तिको ढोका खुलेको देखिएको छ।

सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा मुद्दासम्बन्धी आदेशमा "उत्प्रेषण जारी" उल्लेख गरेको छ भने बाँकी विवरण भने सार्वजनिक गरेको छैन।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार