जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिने चेतावनी दिएका छन् ।
जनकपुरधाममा आज आयोजित एक विशेष कार्यक्रममा विद्युतिय माध्यमबाट मधेश प्रदेशअन्तर्गत ‘एक निर्वाचन क्षेत्रः एक सडक’ योजनाका ६४ वटा सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मधेशका जनताले सिँचाइको आशामा जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले ढिलासुस्तीलाई भ्रष्टाचारभन्दा पनि ठूलो अपराधको संज्ञा दिँदै विकासमा रफ्तारमा काम गर्नुपर्नेमा जोड दिए ,
विकासमा बामे सर्ने होइन, दौडनुपर्ने समय आएको छ । प्रधानमन्त्री ओलीले भने, परियोजनामा ढिलाइ भए लागत बढ्छ, लाभान्वित हुने जनता प्रभावित हुन्छन् र समृद्धिमा बाधा पुग्छ ।
प्रतिक्रिया