सुकुना स्ववियू सभापतिले गरे २० हजार फिर्ता, क्याम्पसको ताला खुल्यो

मंगलबार, १७ भदौ २०८२

इटहरी : मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ ।

अध्यक्ष एलिश ओझाले स्ववियु कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनमा प्रयोग गरेको आरोप लगाउँदै भदौ ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

स्ववियूकी कोषाध्यक्ष सविना थापाका अनुसार सो रकम कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमति बिना नै निकासा गरिएको थियो । जसले स्ववियुको विधान, परम्परा र मूल्य मान्यताको उल्लंघन गरेको भन्दै आपत्ति जनाइएको हो ।

तर पछि अध्यक्ष ओझाले रकम क्याम्पस खातामा फिर्ता गरेको प्रमाण प्रशासनले दिएको छ । साथै उनले विज्ञप्ति मार्फत स्पष्टिकरणसहित माफी मागेका छन् । क्याम्पस प्रशासनले समेत कमजोरी स्वीकार गर्दै भविष्यमा यस्ता त्रुटी नदोहोरिने प्रतिबद्धता जनाएपछि स्ववियुले तालाबन्दी खोल्ने निर्णय गरेको हो ।

विद्यार्थी आन्दोलनका कारण क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीमा परेको असुविधाप्रति स्ववियुले क्षमा मागेको छ ।

WhatsApp Image 2025-09-02 at 6.49.22 PM

यो पनि :- सुकुना स्ववियूमा अध्यक्षको रजगज, अनेरास्ववियु महाधिवेशनमा विद्यार्थी ओसार्न रकम निकासा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार