इटहरी । खोटाङको साकेला गाउँपालिका–१ डाँड गाउँमा जुधिरहेको गोरु छुट्याउने क्रममा घाइते भएका ३२ वर्षीय सजेन्द्र राईको उपचारका लागी लैजाने क्रममा मृत्यु भएको छ।
मङ्सिर १४ गते आइतबार दिउँसो करिब २ बजे दाजु लनकुमार राईसँगै आफ्ना हलका गोरु जुधिरहेको देखेपछि दुवैले छुट्याउ खोज्दा सजेन्द्र गम्भीर रूपमा घाइते भएका थिए।
उनीलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सजेन्द्रको शव घरमा ल्याई राखिएको सोमबार बेलुकी ५ बजेपछि प्रहरी चौकी रतन्छालाई टेलिफोनमार्फत जानकारी आएपछि प्रहरी निरीक्षक विष्णु दनुवार नेतृत्वको टोली गाउँ पुगेको थियो।
घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया र मृतक राईको पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सुशान्त मिश्रसहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया