कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

मंगलबार, १६ मंसिर २०८२
सांकेतिक तस्बिर

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएको छ। गत आवको सोही अविधको तुलनामा यो एक अर्ब २४ करोडले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भयो।

एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भयो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार