संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा आएको बाढीले दुईवटा जलविद्युत् आयोजना बगाउँदा २५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
शनिबार राति परेको अविरल वर्षापछि आएको बाढीले भोटखोला–३ मा निर्माण गरिएको १२० किलोवाट क्षमताको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजनालाई पूर्ण रूपमा क्षति पु¥याएको हो ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बाढीका कारण विद्युत् गृह तथा उत्पादन सामग्री बगाउँदा सम्पूर्ण गाउँ अन्धकारमा डुबेको जानकारी दिए । उनका अनुसार बाढीले करिब करोडौँ रुपैयाँ बराबरको क्षति गरेको अनुमान गरिएको छ।
“ध्वस्त भएको विद्युत् गृह पुनर्निर्माण गर्न र पुनः विद्युत् आपूर्ति सुचारु गर्न समय लाग्नेछ,” अध्यक्ष भोटेले भन्ने, “अहिलेसम्म वैकल्पिक व्यवस्था गर्न सकिएको छैन।”
यसबाहेक, बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ स्थित हटिया र हुङगुङ सडक समेत बगाएको छ । सडकका करिब ५० मिटर कच्ची भाग बगाउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया