काठमाडौँ : बङ्गलादेशको केन्द्रीय बैङ्कले आइतबार १०००, ५० र २० टाकाका नयाँ नोटहरू जारी गर्यो । यी नोटहरूबाट शेख हसिनाका बुबा तथा देशका संस्थापक राष्ट्रपति शेख मुजिबु रहमानको तस्बिर हटाइएको छ ।
यस बाहेक, ५००, २००, १०० र १० टाकाका नयाँ नोटहरू चाँडै जारी गरिनेछ । यस सम्बन्धमा बङ्गलादेश केन्द्रीय बैंकका प्रवक्ता आरिफ हुसेन खानले नयाँ डिजाइनमा कुनै पनि व्यक्तिको तस्वीर हुनेछैन, नयाँ नोटहरूमा देशका परम्परागत ठाउँहरूलाई स्थान दिइएको बताएको बङ्गलादेशी मिडियाले उल्लेख गरेका छन् ।
नयाँ नोटहरूमा हिन्दु र बौद्ध मन्दिरहरूको चित्र पनि छापिनेछ । १९७१ मा बङ्गलादेशको गठन भएदेखि, नोटहरूको डिजाइन पाँच पटक १९७२, १९७०, १९८०-९०, २००० र २०२५ मा परिवर्तन गरिएको छ । २० टाकाको नोटमा दिनाजपुरमा अवस्थित हिन्दु मन्दिर कान्ताजी मन्दिर र पहाडपुर मठको तस्वीर छ ।
५० टाकाको नोटमा राजधानी ढाकामा अवस्थित दरबार अहसान मञ्जिल र जैनुल आबेदिनको चित्र छ । त्यस्तै १००० टाकाको नोटमा राष्ट्रिय शहीद स्मारक र जातीय संसद् भवनको तस्वीर छ । तीनवटैमा रोयल बङ्गाल टाइगर वाटर मार्क छ र बैङ्कको मोनोग्राम रहेको छ ।
बङ्गलादेशी मिडियाका अनुसार, यो राजनीतिक उथलपुथलसँग जोडिएको छ । बङ्गलादेशको मुद्राको इतिहास समय-समयमा सत्तारुढ दलहरूबाट प्रभावित भएको छ ।
जब बङ्गलादेशले १९७२ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्यो, प्रारम्भिक नोटहरूमा भौगोलिक र सांस्कृतिक छविहरू थिए । पछि, शेख मुजीबुर रहमानको तस्बिरहरू नोटहरूमा समावेश गरिएको थियो, विशेष गरी जब उनको अवामी लिग पार्टी सत्तामा थियो । नयाँ मुद्रालाई प्रभाव कम गर्ने दिशामा एक कदमको रूपमा मानिएको छ ।
अगस्ट २०२४ मा बङ्गलादेशमा भएको विद्रोह पछि, शेख मुजिबुराहमानसँग सम्बन्धित प्रतीकहरूमा निरन्तर आक्रमण भएको थियो । ढाकामा उनको प्रतिमा तोडफोड गरिएको थियो र धेरै सार्वजनिक स्थानहरूमा जडान गरिएका नाम प्लेटहरू पनि हटाइएका थिए ।
अन्तरिम सरकारले स्वतन्त्रता र स्थापना दिवसहरूसँग सम्बन्धित ८ सरकारी बिदाहरू पनि रद्द गरेको थियो । शेख मुजिबुराहमान बङ्गलादेशका पहिलो राष्ट्रपति थिए । उनी १७ अप्रिल १९७१ देखि १५ अगस्ट १९७५ सम्म देशका प्रधानमन्त्री पनि थिए ।
पूर्व प्रधानमन्त्री शेख हसिनाका बुबा मुजिबु राहमानले पनि पाकिस्तानबाट बङ्गलादेशलाई स्वतन्त्रता दिलाउन ठुलो भूमिका खेलेका थिए । १५ अगस्ट १९७५ मा शेख मुजिबुराहमानको उनको घरमा हत्या गरिएको थियो ।
पूर्व बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराधको आरोपमा मुद्दा सुरु भएको छ । यी आरोपहरू औपचारिक रूपमा बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा दर्ता भएका थिए ।
मुख्य अभियोजक ताजुल इस्लामले न्यायाधिकरणमा यी आरोपहरू दर्ता गरिसकेका छन् । यसमा, जुलाई २०२४ मा आन्दोलनको क्रममा मानवता विरुद्धको अपराधको पाँच आरोप लगाइएको थियो । रिपोर्ट अनुसार, आन्दोलनको क्रममा १५०० भन्दा बढी मानिसहरू मारिएका थिए भने २५ हजारभन्दा बढी घाइते भएका थिए ।
गतबर्षको जुन ५ मा, बङ्गलादेशको उच्च अदालतले जागिरमा ३०% कोटा प्रणाली लागू गरेपछि विद्यार्थी आन्दोलनले हसिना सरकारलाई अपदस्थ गरेको थियो ।
प्रतिक्रिया