आईपीएल च्याम्पियन आरसीबीको विजय यात्रामा भागदौड, कैयौं हताहत भएको आशंका

बुधबार, २१ जेठ २०८२

काठमाडौँ : आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिएको छ । भागदौडमा कैयौं क्रिकेट प्रेमी हताहत भएको बताइएको छ । 

 समाचार एजेन्सी पीटीआईका अनुसार, यस भागदौडमा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ भने धेरै जना घाइते भएका छन् । 

अन्य भारतीय मिडियाहरुले कम्तिमा ७ जनाको मृत्यु भएको दाबी गरेका छन् भने कैयौं घाइतेलाई अस्पताल पुर्याइएको छ । 

आरसीबीको आईपीएलको जितको उत्सव अभियान मनाउन कर्नाटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा खराब योजना र भीडको व्यवस्थापन राम्रो संग हुन नसकेपछि भागदौड मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

मंगलबार राति सम्पन्न आइपिएल फाइनल जितेपछि आरसीबीको टिम आज बैंगलुरु फर्किएको छ ।

एभरेष्ट न्यूज एजेन्सी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार