काठमाडौँ : नेदरल्याण्डसले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको यो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ४९.१ ओभरमा अल आउट हुदै २२५ रन बनाएको हो ।
नेदरल्याण्डसका लागि नोह क्रोएसले सर्बाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिएका थिए ।
एभरेष्ट न्यूज एजेन्सी
प्रतिक्रिया