आइसीसी एक दिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेदरल्याण्डसविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
डन्डीको फोर्टहिलमा भएको खेलमा नेदरल्याण्डसले दिएको २२६ रनको लक्ष ४७ दशमलव १ ओभरमा पुरा गर्यो ।
नेपालका जितका लागि लागि आरिफ शेखले अर्धशतकीय पारी खेले ।
आरिफले ९९ बलमा ७८ रन बनाए । सो क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरी ३८ र गुल्शन झा ११ रनमा अविजित रहे ।
कुशल भूर्तेलले २५, कप्तान रोहित कुमार पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका नोह क्राएटले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवर्डले ४६ रन बनाए ।
सोमपाल कामीले तीन, सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले दुई–दुई विकेट लिए ।
प्रतिक्रिया