काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुले भ्रष्टाचार नगरेको बताउदै आफूविरुद्ध राजनीतिक प्रतिशोध भएको प्रतिक्रिया दिएका छन् ।
पार्टी कार्यलयमा संचारकर्मीहरुसँग बोल्दै आफ्नो नबिराउनु नडराउनु भन्ने मान्यता रहेको बताउदै आफुले भ्रष्टाचार नगरेको बताएका हुन् । नेपालले भने- एउटा मान्यता छ मेरो, नबिराउनु न डराउनु, मैले करप्सन गरेको छैन, चुनौतीका साथ भन्छु म, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ । यस बारेमा अरु कुराहरु कानुनी रुपमा नै गर्छौं ।'
उनले यसअघि आजै रौतहटमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफुले अनुचित काम नगरेको बताउदै पतञ्जली जस्तो संस्थामा यस्तो होला भन्ने आफुले कल्पना समेत नगरेको बताएका थिए ।
अख्तियारले विहिबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ ।
मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।
तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएका थिए । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।
प्रतिक्रिया