गाजाबाट थाई बन्धकको शव बरामद

आइतबार, २५ जेठ २०८२

काठमाडौँ । इजरायलले हमासको आक्रमणमा बन्धक बनाइएका थाई नागरिकको शव बरामद भएको बताएको छ । रक्षा मन्त्री इजरायल काट्जलेथाई नागरिक नट्टापोङ पिन्टाको शव शुक्रवार दक्षिणी गाजाको रफाह क्षेत्रमा विशेष कारबाहीको क्रममा बरामद गरिएको बताएका हुन् ।

३५ वर्षीय पिन्टा दक्षिणी इजरायलमा कृषि मजदुरको रूपमा काम गरिरहेको समयमा हमासको अपहरणमा परेका थिए ।यसअघि, इजरायली सेनाले यस हप्ता गाजामा दुई इजरायली अमेरिकीहरूको शव बरामद गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार