काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक पनि अवरोध भएपछि स्थगित भएको छ ।
साँझ साढे ६ बजे सुरु भएको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार अपराह्न २ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
सभामुखले हाल जारी सत्ता पक्ष र विपक्षी दलहरूबिच सहमति हुन लागेको आफूले बुझेको भन्दै सोमबार सम्मका लागि संसद् स्थगित गरेका हुन् ।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया