बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन बित्दा समेत फेला परेका छैनन् ।
खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मङ्गलवार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षीय रुपमिलन थारु बेपत्ता भएका थिए ।
बेपत्ता भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोली हात्ती र मोटरबोटसहित बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक युवा बेपत्ता भएका थिएन ।
मङ्गलवार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षीय रुपमिलन थारु बेपत्ता भएका हुन् ।
मङ्गलवार साँझदेखि नै हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजविन गरे पनि हालसम्म उनी फेला परेका छैनन् ।
बेपत्ता भएदेखि लगातार खोजविन गरे पनि बेपत्ता भएका थारुलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिए ।
प्रतिक्रिया