ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३, आङ्खोपमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मङ्गलवार साँझ करिब ६:३५ बजे च्याङथापुबाट आङ्खोपतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३४७० नम्बरको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल भीरमा खसेको थियो।
दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतकको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जिप चालक सोही स्थानका प्रकाश सुवाङ घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको खबर पाए लगत्तै प्रहरी सहायक निरीक्षक प्रदीप विष्टको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।
गाडीमा अन्य व्यक्ति सवार थिए कि थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पनि अझै खुल्न बाँकी रहेको बताइएको छ।
प्रतिक्रिया