ग्लोबल आइएमई बैंकद्वारा वातावरण दिवसमा हाइकिङ, फोहोर संकलन र वृक्षारोपण

सोमबार, २६ जेठ २०८२

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिरसम्मको हाइकिङ गर्दै करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान दिने विश्वास गरिएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, स्थानीय निकाय, रेडक्रस प्रतिनिधि, बैंकका कर्मचारी र स्वयम् सेवकहरूको उल्लेखनीय उपस्थिति थियो।

त्यस्तै, वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर १८ हजार बोट विरुवा रोप्ने लक्ष्यसहित वृहत् वृक्षारोपण अभियान सञ्चालन गरेको छ।

ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी एक्सेलेन्स अवार्ड २०२४’बाट सम्मानित बैंक हो। मुलुकका ७७ वटै जिल्लामा शाखा पुगेको बैंकले रेमिट्यान्स सेवा, शाखारहित बैंकिङ, तथा १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार