बेगनास तालमा एकजना बेपत्ता

सोमबार, २६ जेठ २०८२

पोखरा । बगनास तालमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका हुन् ।

उनको खोजीका निम्ति सशस्त्र प्रहरी बलको नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन भएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार