मोरङको धनपालथानमा भारतीय नागरिक मृत फेला

सोमबार, २६ जेठ २०८२

विराटनगर । मोरङको धनपालथानमा १ जना भारतीय नागरिक मृत फेला परेका छन् ।  ससुराली आएका भारतीय नागरिकको शव धनपालथान गाउँपालिका–३ बेतौनामा भेटिएको हो । 

प्रहरीका अनुसार भारतको अररिया घर भएका ५५ वर्षीय राजेश्वर बहरदार हुलाकी सडक खण्डको पेटीमा मृत फेला परेका हुन् । स्थानीयले आइतबार दिउँसो मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको थियो । मृत फेला परेका बहरदार धनपालथानस्थित ससुराली आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनको मृत्युको कारण प्रष्ट भइसकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको हो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार