विराटनगर : नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बासहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
इटहरी उपमहानगरपालिका–९ का गोपाल शाह र सुनिता घिमिरेसहित सुब्बामाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्।
पीडित महिलाका अनुसार, चैत २२ गते मोरङको डायनियास्थित माइतीघरमै पुगेर ती तीनजनाले दुर्व्यवहार गरेका थिए।
गोपाल शाह ती महिलाका ससुरा हुन् भने महिलाले आफ्नो श्रीमान् र ससुराबाट यातना पाएको जनाउँदै माइतीघरमा बस्दै आएकी थिइन्।
श्रीमानसहित परिवारका सदस्यहरूले हैलाहोचो गरी घरबाट निकाला गरेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र ससुरा गोपालसाहमेत माइतीमै आएर दुब्र्यवहार गरेको पीडितको भनाइ छ ।
परिवारको यातनाको कारण सम्बन्ध बिच्छेद र अशं मुद्दा दायर गरेकी महिला माइतीमै बस्दै आएकी थिइन् । उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको जाहेरीमा उल्लेख छ ।
सुब्बाले आफूलाई ‘तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकोले घरजम नभएकोले हेर्न आएको’ भन्दै धाकधम्की दिएको उनको जाहेरीमा उल्लेख छ ।
माइतीघरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको भन्दै अपमान गरेपछि विवाद भएको जाहेरीमा उल्लेख छ । ‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरे। मेरो परिवारले पनि उक्त कुराको ईन्कारी गर्नुभयो । तर, प्रतिबादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नांगेझार पार्छौ भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दवाव सिर्सना गर्दै जान थाल्नुभयो ।’
सुब्बासहितले आफ्नो अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य तेस्रो लिङ्ग ( प्रतिवादीहरूको भाषामा हिँजडा) छुट्याउन भन्दै सँगै आएकी सुनिता घिमिरेलाई आदेश दिएको पीडितको भनाइ छ । उनीहरुको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अङ्गहरू हेरेको उनले बताएका छन् । त्यसपछि हिँजडा हैन रहेछ भन्दै प्रतिवादीहरू फर्किएका थिए ।
नेता सुब्बा २०७२ मा केपी ओलीको नेतृत्वमा बनेको सरकारका भूमिसुधार मन्त्री बनेका थिए ।
'यसअघि प्रकाशित समाचारको शीर्षकमा प्राविधिक कारण अन्यथा हुन गएकोमा सच्याइएको छ' - सम्पादक
प्रतिक्रिया