पाल्पामा हत्या गरी फरार रहेका सन्तबहादुर सार्की १४ वर्षपछि पक्राउ

मंगलबार, २७ जेठ २०८२

पाल्पा : पाल्पामा १४ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दाका अभियुक्त सन्त बहादुर सार्की पक्राउ परेका छन्।

सार्की २०६८ साल कात्तिक ११ गते चिदिपानी गाविस–७ (हाल माथा गढी गाउँपालिका–१) मा नरवीर नेपालीको हत्या गरी फरार भएका थिए।

लामो समय भारतमा लुकिछिपी बस्ने उनको बारेमा प्रहरीले सूचना पाएपछि निगरानी गर्दै आएको थियो।

यही जेठ २५ गते उनी नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार