काठमाडौँ : हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ।
प्रतिक्रिया