तीनकुने घटनामा गोली लागि घाइते रेविकालाई पोर्चुगलबाट आर्थिक सहयोग

बुधबार, २८ जेठ २०८२

काठमाडौं : तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा प्रकाश चन्द्र लोहनी र हरि बहादुर बस्नेतले रमेस राज वास्तोलाको संयाजनमा लिजवन, पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार चार सय रुपैयाँ हस्तान्तरण गरे । खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबाट उपलब्ध भएको हो ।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार