मोरङको रतुवामाईमा २२ वर्षीय सुदीप मृत फेला, सर्पले टोकेको आशंका

बुधबार, २८ जेठ २०८२

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा बिहीबार बिहान मृत फेला परेको हो।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्थे। भट्टराईको ट्याक्टरमा काम गर्ने क्रममा सुदीप आफ्ना सहकर्मी मनोज कर्मकारका बुबाको मृत्यु भएपछि शोक प्रकट गर्न उनीहरूकै घर गएका थिए।

शव भेटिएको स्थान नजिकै कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिए पनि यादवको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार सुतेकै ठाउँमा सर्पले टोकेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

मृतकको शव उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले पोस्टमार्टम गर्न अस्वीकार गरेपछि कोशी अस्पताल, विराटनगरमा पठाइएको छ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन इन्स्पेक्टर होमप्रसाद अधिकारीको टोलीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार