इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१७, बिजला टोलमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ।
शनिबार अपराह्न ३ः३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक श्याम राउतको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इटहरी –१७ का २४ वर्षीय अभिषेक कुमार चौधरी र रामधुनी नगरपालिका–३ का २२ वर्षीय मनिष तामाङ रहेका छन्।
प्रहरीका अनुसार शंका लागेपछि उनीहरूलाई जाँच गर्दा अभिषेकको साथबाट प्लास्टिकमा राखिएको ब्राउन सुगर जस्तो देखिने ८५० मिलिग्राम खैरो लिसिलो पदार्थ र अन्य ४२० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी कार्यालय पकलीबाट करिब १.५ किलोमिटर पूर्व-दक्षिणमा पर्छ।
प्रतिक्रिया