अभिनेत्री दीपिका दुई गम्भीर रोगबाट पीडित

शुक्रबार, ३० जेठ २०८२

मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू स्वास्थ्य समस्यामा रहेको खुलाएकी छिन् । दीपिकाको भनाइमा उनी दुई ओटा गम्भीर रोगबाट पीडित छिन् । यस अघि मानसिक रोग (डिप्रेसन) समस्या लामो समयसम्म झेलेकी यी अभिनेत्री अहिले ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ अर्थात् (ओसीडी) र ‘हार्ट एरिथमिया’ जस्तो गम्भीर रोगबाट पीडित छिन् ।

बलिउड अभिनेता रणवीर कपूरसँग प्रेम सम्बन्ध टुटेपछि दीपिका त्यति बेला डिप्रेसनको सिकार भएकी थिइन्। यस्तो अवस्थामा उनले आफ्नो अभिनय करियरबाट केही समय ब्रेक समेत लिइन् । सोही समयबाट अरू यी दुई स्वास्थ्य समस्या उनीमा देखिएको थियो ।

मानसिक रोगबाट दीपिका पादुकोण माथि उठेपछि अभिनयमा फर्किएकी थिइन् । तर दीपिका अझै पनि दुईवटा गम्भीर रोगसँग संघर्ष गरिरहेकी छिन् । उनले आफ्नो दुवै रोगको उपचार गराइरहेकी छिन् ।

दीपिका पादुकोणलाई मुटु एरिथमियाको समस्याले बेला बेलामा दुःख दिने गरेको छ । पछिल्लो एक चलचित्रको छायांकनको क्रममा उनको मुटुको धड्कन अनियमित भएको थियो । जसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी डाक्टरहरूको निगरानीमा गत वर्ष केही दिन अस्पतालमा बस्नु परेको थियो । पछि निको भएर उनी काममा फर्किएकी थिइन् ।

गत वर्ष आमा बनेकी दीपिका त्यसपछि चलचित्र अभिनयमा फर्किएकी छैनन् । उनले अहिले चलचित्र छायांकनको लागि दिनमा ७÷८ घण्टा भन्दा बढी समय दिन नसक्ने बताएकी छिन् । सोही कारण छोरी जन्मिएको दुई वर्ष बितिसक्दा पनि दीपिका चलचित्रमा अनुबन्धित हुन सकेकी छैनन् ।

उनलाई हालै मात्र नयाँ चलचित्र ‘कल्की २’ मा मुख्य भूमिकामा प्रस्ताव आएको थियो । कल्कीमा उनले यस अघि अभिनय गरेका कारण कल्की २ मा उनलाई राख्नको लागि निर्माताहरुले पहल गरेका थिए । दीपिका पादुकोणले यो चलचित्रको लागि ठुलो पारिश्रमिक समेत मागेकी छिन् । सोही कारण यो चलचित्रमा उनको चरित्रमा अर्की अभिनेत्री तृप्ति डिमरीलाई अनुबन्धित गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार