काठमाडौं । निरज सापकोटाको शब्द अनि उमेश राउतको सङ्गीत र स्वरमा ‘बन्सी बजाइदेऊ’ भजन सार्वजनिक भएको छ ।
भगवान श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो
‘बन्सी बजाइदेऊ कृष्ण बन्सी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गर्छ।
कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य र लोभ–मोह त्यागको सन्देश बोकेको भजनमा दीनदुखीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ।
विशेषगरी, ‘मखन चोर्ने, घैला फोर्ने’ कृष्णको बाललीला र द्रौपदीको लाज बचाउने श्रीकृष्णका लीलाहरू समेटेर तयार गरिएको भजनले भक्तजनको मन छुन्छ ।
पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको भजन अकोस्टिक नेपाल स्टुडियोमा राजाबाबु थारू र दिल समर्पनले रेकर्ड गरेका हुन् भने मिक्सिङ–मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । भिडियोको र सम्पादनको काम दिपेश गिरीले गरेका हुन् ।
प्रतिक्रिया