जेन–जी र ‘हामी नेपाल’ अलग रहेको संस्थापक सुदन गुरुङको घोषणा (भिडियोसहित)

विहीबार, १६ असोज २०८२

काठमाडौँ : ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आफ्नो संस्था र जेन–जी आन्दोलनलाई अब पूर्ण रूपमा अलग गर्ने निर्णय गरेको बताएका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

गुरुङले भने, “अबदेखि हामीले सोचिरहेको कुरा के भने जेन–जी र हामी नेपाल पूर्ण रूपमा फरक हुनेछन्। हामी नेपाल कुनै राजनीतिक संस्था होइन, यसले बेलाबेलामा सामाजिक क्षेत्रमा योगदान गरेको छ।”

उनले समाजका बेथिति, विसङ्गति र भ्रष्टाचारविरुद्ध ‘हामी नेपाल’ ले विगतदेखि नै आवाज उठाउँदै आएको दाबी गर्दै अब सामाजिक काममै केन्द्रित हुने बताएका छन्। “जेन–जीसँग हामी नेपाललाई छुट्टाएर केवल सामाजिक काम गर्ने गरी अघि बढ्ने हाम्रो योजना छ,” उनले जोड दिए।

सुदनले बारबरा फाउन्डेसनको फन्डिङलगायत विषयमा उठेका प्रश्नबारे विस्तृत स्पष्टीकरण दिने भन्दै शुक्रवार अर्को भिडियो सार्वजनिक गर्ने तयारी रहेको पनि बताएका छन्।

गुरुङले आफूलाई जेन–जी आन्दोलनको नेता भन्दै आएका भए पनि कतिपय अभियन्ताले भने उनलाई आन्दोलनलाई ‘हाइज्याक’ गरेको आरोप लगाउँदै आएका छन्। यसले जेन–जी आन्दोलनभित्रै विवाद चुलिएको छ।

भिडियो :

https://www.facebook.com/reel/1129619472633516

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार